शिकार खेल्न गएका युवक मृत भेटिए

डिसी नेपाल
७ साउन २०७८ ११:०९

काठमाडौं। चितवनमा एक युवकको जंगली जनावरको आक्रमणमा परी मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय माडी चितवनका अनुसार राजकुमार बोडको शव फेला परेको हो। भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई चोकमा विहीबार बिहान शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

प्रहरीका अनुसार बुधबार जंगलमा शिकार खेल्न गएका बोडको विहीबार बिहान शव फेला परेको हो। इलाका प्रहरी कार्यालय माडीका एक प्रहरी अधिकारीले डिसी नेपालसँग फोनमा भने, ‘हिजो शिकार खेल्न घरबाट गएका राजकुमारको आज शव फेला परेको हो।उनका परिवारले सनाखत गरिसकेका छन्। जंगली जनावरको आक्रमणमा परे जस्तो देखिएको छ।’

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *