चितवन निकुञ्जमा भाले गैँडा मृत फेला
फाइल फाेटाे
नवलपुर। चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ। निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ।
मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए। योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८/७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ। रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment