नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

डिसी नेपाल
८ साउन २०७८ ८:०२
108
Shares

काठमाडाैं। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन्।

१४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाएको कांग्रेस स्रोतले जनाएको छ। यता कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नगर्ने बताएका छन्।

ट्वीटरमामार्फत जानकारी दिदै उनले विगतको गलत–गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *