खोप लगाएर प्रमाणपत्र लिनेको थामिनसक्नु भीड
काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको थामि नसक्नु भीड लागेको छ। कोरोना संक्रमण तेस्रो लहरको जोखिम बढि रहेको अवस्थामा सामाजिक दुरीको प्रवाहा नगरी वैदेशिक रोजगारमा जानेहरुको भीड लागेको हो।

सामान्य तया अस्पतालहरुमा बिरामीको भीड लाग्ने भए पनि टेकु अस्पतालमा भने खोप लगाएको प्रमाणपत्र लिने मानिसहरूकाे हजारौँको संख्यामा भीड लागेको छ। अस्पतालकाे अवस्था पनि अस्तव्यस्त भएकाे छ।

खाेप लगाएकाे प्रमाणापत्र लिने ठाउँहरु प्रयाप्त नहुँदा र खोप लगाई सकेपछि पुन : प्रमाणपत्र लिने झण्झटका कारण मानिसहरुले सास्ति खेपिरहेका छन। भीडमा हिजोदेखि लाइन लागेका मानिसहरुको संख्या पनि रहेको छ भने बिहान तीन बजेदेखि नै मानिसहरु लाइनमा लागेर प्रमाणपत्र लिने प्रतिक्षा गरिरहेका छन। उनीहरुले घण्टौंको लाइन पछिमात्रै प्रमाणपत्र पाउने गरेका छन।
भीड व्यवस्थापनका लागि सुरक्षाक्रमी तैनाथ गरिएको छ। उनीहरुले माइकिङ सहित भीडलाई व्यवस्थापन गर्ने प्रयास गरिरहेका छन।
खाडी लगाएतका रोजागारीमा जाने प्रमुख गन्तव्य देशहरुले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएपछि सरकारले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जोन्सन खोप उपलब्ध गराएको थियो। खोप लगाएको १४ दिनपछि विदेश जान पाइन्छ।
साेही कारणले गर्दा अहिले टेकु अस्पतालमा विदेश जानका लागि खोप लगाएको प्रमाणपत्र लिन आउनेको लामो भीड लागेको हो।







No ads found for this position


Facebook Comment