एमालेलाई संविधानको अपव्याख्यामा समय नखर्चन देउवाको आग्रह
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई कटाक्ष गर्दै संसदको धारा ७६(५) किन लेखेको भन्दै प्रश्न गरेका छन। संसदमा बधाई दिने कार्यक्रममा एमालेका तर्फबाट सुवास नेम्वाङले प्रश्न उठाएपछि धन्यवाद दिन गएका देउवाले यस्तो बताएका हुन्। उनले संविधानको अपव्याख्यामा समय नखर्चन एमालेलाई आग्रह समेत गरे।
देउवाले भने “सभामुख महोदय, विपक्षी दलको नेता संसद्मा उपस्थित हुनुहुन्न, उपनेता सुवास नेम्वाङ हुनुहुन्थ्यो उहाँ पनि हिँड्नुभएछ, उहाँलाई नै भएपनि संविधानमा धारा ७६(५) किन छ भनेर सोध्नेवाला थिएँ। उहाँ त सभामुख पनि हुनुहुन्थ्यो त्यसबेला।”
यस्तै संसदमा बोल्दै प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि नेपाली जनतालाई कोरोनाविरुद्धको खोप लगाउने प्रतिबद्धता जनाएका छन। उनले ऋणै काँढेर भएपनि जनतालाई खोप लगाइने प्रतिबद्धता जाहेर गरेका हुन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment