पार्टीका सबै सांसदलाई मन्त्री चाहिएको भन्दै तनावमा प्रचण्ड
फाइल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू तनाबमा रहेको बताएका छन्। कम्युनिष्ट नेता नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसका अवसरमा बोल्दै पार्टीका ४९ जना सांसदले मन्त्री बनाउन दबाब दिएका कारण आफू तनाबमा रहेको बताएका हुन्।
‘हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्छौ तर हाम्रो चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ।,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो झै लागेको छ। हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो। यहाँ मन्त्री नपाएपछि नेतृत्वलार्य सराप्ने प्रवृति छ। तीनचार दिनदेखि म निकै मानसिक तनावमा छु।’
अहिले पदचाहिने उल्लेख गरेपछि अध्यक्ष प्रचण्डले नरबहादुर कर्माचार्यलाई कहिलै पनि पदको पछि नलागेको बताए। उनले सरल, सहज र निःस्वार्थ भावको नेता रहेको बताउँदै कर्माचार्यसँगै छलफल गरेर नै आफूले जनयुद्धको थालनी गरेको बताएका छन्।
कार्यक्रममा अध्यक्ष प्रचण्डले जनभावना अनुसार अदालतले फैसला गरेपछि जनताको जीत भएको पनि बताए। प्रतिगम परास्त गर्न सडकमा जाने जनतालाई सम्झँदै यसको विकल्प नभएको समेत उल्लेख गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment