विवाद मिलाउनका लागि जसपाका दुबै पक्ष बैठकमा

डिसी नेपाल
९ साउन २०७८ १४:४६
488
Shares

काठमाडौं । विवादमा परेपछि आधिकारीकताको लागि जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक बसेको छ।

निर्वाचन आयोगमा परेको मुद्दाबारे अख्तियारी दिने, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन लगायतका एजेण्डामाथि बैठकमा छलफल हुने बताइएको छ।

महन्थ ठाकुरको नेतृत्व रहेको अर्को पक्षको पनि कार्यकारिणी समितिको बैठक बस्दै छ। पार्टी भित्रको विवाद र आधिकारिकताका विषयमा आयोगमा जाने बारे कुराकानी हुने एक नेताले जानकारी दिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि प्रतिनिधिसभामा जसपाको विवाद सतही भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *