१० दिनदेखि हराइएकी सम्झनाको शव भेटियो
सांकेतिक तस्वीर
काठमाडौं। धादिङमा आइतबार एक युवतीको शव फेला परेको छ। जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ८ पर्वाङकी २२ वर्षीय सम्झना रोकाको शव फेला परोके इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी युवराज खड्काले जानकारी दिए।
उनका अनुसार घरभन्दामाथि जंगलमा सम्झनाको शव सडेको अवस्थामा फेला परेको छ। शव पोस्टमार्टमका लागि गजुरी अस्पताल लगिएको डीएसपी खड्काले जानकारी दिए। उनले घटनाबारे अनुसन्धान शुरु भएकाले अहिले नै सो घटनालाई हत्या वा अन्य केही भन्न सकिने अवस्था नरहेको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment