नेपाली काँग्रेस ललितपुरका सचिव घिमिरेको निधन
काठमाडौं। नेपाली काँग्रेस ललितपुरका सचिब भिमसेन घिमिरेको सोमबार निधन भएको छ। ४७ वर्षीय घिमिरेको सोमबार पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली काँग्रेसले जनाएको छ। काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन्।
घिमिरे २०७४ को स्थानीय तहको निर्वाचनमा ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत थिए। घिमिरे नेविसंघको राजनीतिबाट पार्टीको राजनीतिमा आएका थिए।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment