लागुऔषधसहित पक्राउ

डिसी नेपाल
१३ साउन २०७८ २१:४४

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध एक हजार १९८ ट्याब्लेट नाइट्राभेट, ५० एम्पुल डाइजेपाम, ५० एम्पुल फेनारगन र ५० एम्पुल नुफिनसहित एक जनालाई आज पक्राउ गरिएको छ ।

पक्राउपर्नेमा दाङ, सिसनिया गाउँपालिका–६ बस्ने २८ वर्षीय देव चौधरी रहेका छन् । धरानबाट काठमाडौँ आउँदै गरेको ना६ख १४५७ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा देवलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको हो । उनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता गोदावरी नगरपालिका–३ स्थित तान्चिनटार सेवा समाजको सामुदायिक भवनमा रहेको सर्वोपरी बचत तथा ऋण सहकारी संस्थाबाट रु पाँच लाख चोरी भएको छ । उक्त भवनको मूल ढोकाको ताला फुटाइ काउन्टरमा राखेको उक्त नगद चोरी भएकाले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *