कोरोना संकटमा ललितपुर प्रहरीलाई सहयोग गर्नेहरु सम्मानित

डिसी नेपाल
१४ साउन २०७८ १९:१५

काठमाडौं। कोरोना संक्रमणको समयमा ललितपुर प्रहरीलाई सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्था सम्मानित भएका छन्। लकडाउनको बेला प्रहरीलाई ललितपुरका विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गरेकाले उनीहरुलाई परिसरले सम्मान गरेको हो।

नागरिक साझेदारीमा बाँधिएर सहयोगी हात बन्नेहरुलाई ललितपुर प्रहरीले सम्मान गरेको परिसर प्रमुख एसएसपी किरण बज्राचार्य बताइन्। समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी–नागरिकको सहकार्य अपरिहार्य भएकोले नागरिकलाई प्रहरीको सहयोग र प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहेको पनि उनले बताइन्।

‘कोभिड जस्तो महामारीमा ललितपुरवासीको सहयोगी भावनाप्रति आभारी छु, यसले हामीलाई कार्यक्षेत्रमा खटिन थप उत्साही बनाएको छ,’ एसएसपी बज्राचार्यले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *