हानिकारक खद्यवस्तु उत्पादन गर्ने तथा बेच्नेविरुद्ध मुद्दा दर्ता
काठमाडौं। न्यूनस्तर तथा दूषित खाद्यवस्तुको उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा १०० व्यक्तिका नाममा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दर्ता भएका छन्।
मानव स्वास्थ्यमा हानि पुर्याउने मासु, पानी, दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा कम्पनीका लगानी कर्ता तथा बिक्रेताका नाममा ती मुद्दा दर्ता भएका हुन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने गरी उक्त वस्तुको उत्पादन तथा बिक्रीवितरण गरेको अभियोगमा खाद्य ऐन (तेस्रो संशोधन) –२०४९ अनुसार कानूनी कारवाही होस् भन्दै सम्बन्धित निकायमा मुद्दा दर्ता गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विहीबार आयोजन गरेको कार्यक्रममा विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले अभियोग प्रमाणित भएमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्मा जरिवाना वा दुवै सजाय हुनसक्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment