बाबु पारसले गरेको लफडाबारे छोरी कीर्तिकाको यस्तो ट्वीट

डिसी नेपाल
१६ साउन २०७८ २०:०६
147.0k
Shares

काठमाडौं। पूर्वयुवराज पारस शाहले शुक्रबार साँझ हेल्मेट नलगाएर मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोक्न खोज्दा लफडा गरे। जिब्रो लरबरिएको आवजमा उनले प्रहरीलाई तँ भनेका थिए। र प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दै उल्टै जान्न जान्न भन्दै उल्टै प्रहरीमाथि दूर्व्यवहार गरेका थिए।

यो विषयमा पारसकी छोरी कीर्तिकाले शनिबार साँझ ट्वीट गर्दै यो विषयमा प्रतिक्रिया दिएकी छन्। उनले प्रहरीले उल्टो आफ्नो बाबुमाथि दूर्व्यहार गरेको बताएकी छन्। उनले लेखेकी छन्, ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमानजनक ब्यबहार गरेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *