समाजवादी क्रान्तिको यात्रा अगाडि बढाउनुपर्छः नेता गुरुङ

डिसी नेपाल
१६ साउन २०७८ २१:०७
80
Shares

बनेपा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देव गुरुङले कम्युनिष्टको बृहत् एकताबाट नै समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका कमिटी काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको विभिन्न पेशा, व्यवसाय गरी बस्ने कार्यकर्ताको भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, “मुलुक स्वाधीन नभइकन समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्न सक्दैन ।” माओवादी केन्द्रले लिएको बाटोबाट नै समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्ने उल्लेख गर्दै उनले यसका लागि सम्पूर्ण देशभक्त, क्रान्तिकारी कम्युनिष्टको बृहत् एकता आवश्यक भएको बताए ।

नेकपा माओवादी केन्द्रका नेता तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष सूर्यमान दोङ र नेता इन्द्रबहादुर थिङले पार्टीले अगाडि बढाएको कार्यदिशा पूरा गर्नका लागि युवापंक्तिलाई आग्रह गरे ।

कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी माओवदी केन्द्रमा प्रवेश गर्नेहरुलाई नेता गुरुङले स्वागत गरे । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *