कलाकार ‘राता मकै’को ४० विघा जग्गा वैद्य माओवादीले गर्‍यो कब्जा – Dcnepal

कलाकार ‘राता मकै’को ४० विघा जग्गा वैद्य माओवादीले गर्‍यो कब्जा

काठमाडौं। मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)ले राता मकैको नामबाट प्रख्यात कलाकार किरण केसीको चितवनको माडीस्थित ४० बिघा जग्गा कब्जा गरेको छ।

वैद्य माओवादीले शनिबार केसीको प्लटिंग गरिएको जग्गामा पार्टीको भण्डा तथा ब्यानर गाडेर कब्जामा लिएको घोषणा गरेको छ। माडी नगरपालिका २ स्थित पौहारीमा रहेको सो जग्गा कब्जा गरिएको हो।

सो जग्गा सकुम्बासीले पाउनुपर्ने भन्दै आफूहरुले कब्जामा लिएको वैद्य माओवादीले जनाएको छ। कलाकर केसीको रियल स्टेट कम्पनी ट्वान्टी वान ग्रुपले सो जग्गा प्लटिंग गरेको हो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो