मनिषा कोइरालाको बिरालो हरायो, फेला पार्नेलाई खबर गरिदिन आग्रह

डिसी नेपाल
१७ साउन २०७८ ७:३३

काठमाडौं। मनिषा कोइरालाको बिरालो हराएको छ । मनिषाले आइतबार बिहानै सामाजिक संजालमा पोस्ट गर्दै आफ्नो परिवारको सदस्य ओरियो कोइराला हराएको जानकारी दिएकी छिन् । मनिषाका अनुसार यो भाले बिरालो ३ रातदेखि हराइरहेको छ ।

उनको परिवारले यो बिरालो सम्भवतः साथी खोज्न गएको हुन सक्ने अनुमान गरेका छन् र छिटै घर फर्किने विश्वास लिएका छन् । मनिषाले उसलाई देख्ने जो कोहीलाई पनि आफूहरुलाई जानकारी दिन आग्रह गरेकी छिन् । उनले आफूहरुको बिरालो हराएको क्षेत्र महाराजगञ्ज भएको बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *