साझा कार्यक्रमलाई अन्तिम रुप दिन बालुवाटारमा कार्यदलकाे बैठक

डिसी नेपाल
१८ साउन २०७८ १२:३७
128
Shares

काठमाडौं। सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ दलका नेताहरू सहभागी कार्यदलको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटार जारी बैठकमासरकारका प्राथमिकतालाई अन्तिम रूप दिनेबारे पनि छलफल भइरहेको जनाइएको छ।

कार्यदलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजक र सदस्यमा कांग्रेसका डा। मिनेन्द्र रिजाल र रमेश लेखक , माओवादीका वर्षमान पुन र देवप्रसाद गुरुङ तथा जसपाका महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ छन्।

पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रममाथि छलफल भइरहेको छ। पाँच दलले साझा कार्यक्रम तय गरेर सरकारलाई प्रभावकारी बनाउने योजना ल्याएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *