गृहमन्त्री खाँणद्वारा देशको शान्ति सुरक्षाबारे जानकारी

डिसी नेपाल
२० साउन २०७८ २१:२१

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको शान्ति सुरक्षाको बारेमा जानकारी लिएका छन् । गृह मन्त्रालयमा आज प्रधानसेनापति पूर्णचन्द्र थापा र कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरी मुलुकको समग्र शान्ति सुरक्षाबारे लिएका हुन् । भेटमा देशको शान्ति सुरक्षा, कोभिड नियन्त्रणबारे छलफल भएको गृहमन्त्री खाँणको स्वकीय सचिव बिजेश न्यौपानेले जानकारी दिए । चैतसम्म देशभर कोरोना खोप उपलब्ध गराउनेबारे पनि भेटमा छलफल भएको थियो ।

यसैबीच आजै गृहमन्त्री खाणले गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश संसदीय मामिलामन्त्री बिन्दुकुमार थापासँग पनि भेटघाट गरेका छन् । भेटमा गण्डकी प्रदेशको पछिल्लो कार्य प्रगति र भावी योजनाको बारेमा छलफल भएको थियो । भेटमा मन्त्री थापाले गण्डकी प्रदेश पर्यटकीय क्षेत्र भएकाले पर्यटन व्यवसायी र गण्डकी प्रदेशका जनताको लागि आवश्यक खोपको उपलब्ध गराउन सङ्घीय सरकारका मन्त्री खाँणसमक्ष आग्रह गरेका थिए । जवाफमा मन्त्री खाँणले सबै नेपालीलाई खोप उपलब्ध गराउनेबारे नेपाल सरकार गम्भीर भएर लागेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *