पचली भैरव क्षेत्रका २ वटा पाटी पुनर्निर्माण शुरु
काठमाडौँ। पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ। बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन्। ८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको जेठ मसान्तभित्र पुनर्निर्माण सम्पन्न हुनेछ।
शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले आफू निर्वाचित भइसकेपछि सम्पदाको मर्मत, सम्भार र पुनर्निर्माण, संरक्षण, प्रवर्धन र पर्यटनसँग जोड्ने नीतिलाई प्राथमिकतामा राखेर काम थालनी गरेको बताए। ‘हामीले पुननिर्माण गरेका सम्पदा जुन समुदायको हो, त्यही समुदायलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मा लगाउँछौँ। अहिले पनि त्यही नीतिअनुरुप काम भइरहेको हो। यो हाम्रो अभियान हो’, प्रमुख शाक्यको भनाइ थियो।
‘वडा १२ सांस्कृतिक वडा हो। पचली भैरव संरक्षणका लागि गुरु योजना बनाएका छौँ। योजनामा सबैको अपनत्व गराउन यस क्षेत्रसँग सम्बन्धित गुठियार र सरोकारवालासँग छलफल गर्दा कार्यान्वयनमा केही ढिलाइ भयो। तर अझ विग्रेको छैन।’ शाक्यले थप्दै भन्नुभयो, ‘आज फल्चा शिलान्यास गरेपछि गुरुयोजना कार्यान्वयन चरणमा पुगेको अनुभूति भएको छ।’
यसको पुनर्निर्माण नमोवुद्ध विल्डर्सले गर्नेछ।
महानगरले मूर्त सम्पदासँगै अमूर्त सम्पदाको अभिलेखीकरण गर्ने, सांस्कृतिक र सामाजिक चालचलनलाई प्रबर्धन गर्ने, परम्परागत नृत्य, बाजागाजाको संरक्षण र प्रवर्धन गर्ने कामका लागि गुठियारहरुसँग सहकार्य सहकार्य गरिरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment