पासपोर्ट बनाउन आएका अधिकांशले लिन्छन् सूचना तथा परामर्श

डिसी नेपाल
२१ साउन २०७८ २२:४१

sसिन्धुपाल्चोक । जिल्लामा राहदानी बनाउन आएका अधिकांशले सूचना तथा परामर्श सेवा लिने गरेको पाइएको छ । गत आव २०७७÷०७८ सालमा मात्रै पासपोर्ट बनाउन आउने ७६ प्रतिशत मानिसले सो निःशुल्क परामर्श सेवा लिएका छन् । वैदेशिक रोजगारमा जाँदा हुने ठगी तथा अन्य समस्यामा पर्नसक्ने उच्च जोखिम भएका महिला तथा पुरुषलाई यस केन्द्रले आवश्यकता अनुसारको परामर्श दिने गरेको आप्रवासी स्रोत केन्द्रका जिल्ला संयोजक अरुण पौडेलले बताए ।

विशेषगरी वैदेशिक रोजगारी र त्यसमा पनि खाडी मुलुकमा जाने सोच बनाएकाले सूचना तथा परामर्श सेवा लिनका लागि आउने गरेका पौडेलले बताए । आप्रवासी स्रोत केन्द्रसँगै स्वीस सरकार र नेपाल सरकारको द्विपक्षीय सम्झौताअनुरूप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्राप्त भएको सःशर्त बजेट सामी÷हेल्भेटासको प्राविधिक सहयोगमा सिन्धुपाल्चोक जिल्लाको चार वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन भएका छन् ।

सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबीसे नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रत्यक्ष नेतृत्वमा कार्यक्रम सञ्चालन भइरहेको छ । सो परियोजनाले विषेशतः वैदेशिक रोजगारीमा जान चाहने महिला तथा पुरुषलाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचनामा, न्यायमा र सीपमा पहुँच अभिवृद्धि गर्ने गरेको जिल्ला संयोजक पौडेलले बताए।

वैदेशिक रोजगारीका कारण नेपाली समाजमा विभिन्न किसिमका विकृतिजन्य घटना सिर्जना हुन नदिनसमेत सो परियोजनाले कार्य गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *