आज साउन २२ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल – Dcnepal

आज साउन २२ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

आज वि.सं.२०७८ साल साउन २२ गते, शुक्रबार । सन् २०२१ अगस्त ६ तारिख। नेपाल संवत् ११४१ । दक्षिणायन। वर्षा ऋतु । साउन कृष्ण पक्ष। त्रयाेदशी तिथी । चन्द्रमा कर्कट राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः१२ र सूर्यास्त बेलुकी ७:२ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी काममा प्रगति हुनेछ। सृजनात्मक काममा प्रशंसा मिल्नेछ। राजनीतिमा फाईदा पाईनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक कार्यमा समय जानेछ। पारिवारिक भेटघाट हुनेछ। ठुलाबडाको साथ मिल्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साझा काममा आलोचना हुनेछ। अचानक यात्रा हुनेछ। शरीरमा विसञ्चो देखिनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साझेदारी काममा प्रगति हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिष्पर्धामा जीत हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिलामा जीत हुनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धन सम्पत्तिको कारोवार बढ्नेछ। अध्ययनमा रुचि हुनेछ। सन्ततिले सहयोग गर्नेछन्।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेममा नयाँ चिन्ता थपिनेछ। परिवारमा कलह हुनेछ। विसन्चोले सताउनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाइमा प्रेम बढ्नेछ। नयाँ ठाउमा भ्रमण हुनेछ। उत्साहले काम छिटो बन्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भेटघाटमा दिन बित्नेछ। शंकाले प्रेममा बाधा गर्नेछ। अलमलमा दिन बित्नेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सरसामान हराउन सक्नेछ। अनावस्यक धनखर्च हुनेछ। नया काम आईपर्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषिमा नाफा मिल्नेछ। व्यापारमा फाईदा हुनेछ। महिलामित्रको साथ पाईनेछ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो