काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक बोलाइएको हो।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्ण प्रसाद पौडेले साउन २८ गतेका लागि बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका बैठकका मुख्य एजेण्डा हुन्।
यही साउन १२ गतेदेखि शुरु हुनुपर्ने स्थानीय तहको अधिवेशन हुन सकेको छैन भने भदौ १६ देखि १९ सम्मका लागि तोकिएको १४ औं महाधिवेशन पनि नहुने पक्का भएको छ। यसै विषयमा नयाँ कार्यतालिका बनाउन कार्यसमितिको बैठक बोलाइएको हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment