पूर्वी चितवनमा ५ वटा लायन्स क्लबद्वारा वृहत वृक्षारोपण अभियान सुरु

डिसी नेपाल
२३ साउन २०७८ २१:४६

चितवन । पूर्वी चितवनका ५ वटा लायन्स क्लब र एउटा लियो क्लबले शनिबार रत्ननगरमा वृहत वृक्षारोपण अभियान सुरु गरेका छन् ।

रत्ननगर नगरपालिका वडा ८ स्थित चित्रसेन मध्यवर्ती सामुदायिक वनको रमाईलो डाँडा परिसरमा वृहत् वृक्षारोपण अभियान सुरु गरेको लायन्स क्लब ईटरनेशनल डिष्ट्रिक्टका ३२५ वि टुका जोन चियर पर्सन श्रीलाल परियारले जानकारी दिए ।

जोन अन्तर्गत एउटा लियो र ५ वटा लायन्स क्लबहरुको संयुक्त रुपमा सुरुवात गरिएको अभियानको लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि टु नेपालका गर्भनर रामप्रसाद भट्टले चिउरीको विरुवा रोपेर उद्धघाटन गरेका थिए ।

सो अवसरमा बोल्दै उनले लायन्स क्लबले गर्ने विभिन्न सामाजिक काम मध्ये वातावरण संरक्षण पनि एक भएको भन्दै वातावरण संरक्षणका लागि वृक्षारोपण महत्वपूर्ण भएको बताए । उनले लायन्स क्लबहरुले यसरी संयुक्त रुपमा बृहत परियोजनाका रुपमा रहेको वृक्षारोपण अभियानलाई एकजुट भएर लैजानुपर्ने बताए ।

लायन्स क्लब अफ रत्ननगर चित्रसेन बाबा, लायन्स क्बल अफ चितवन सौराहा, लायन्स क्लब अफ चितवन कम्यूनिटी हेल्प, लायन्स क्लब अफ सौराहा वाईल्ड लाईफ सिटी र लायन्स क्लब अफ चितवन ढाकाटोपी र लियो क्लब अफ चितवन सौराहाको संयुक्त आयोजनामा वृहत् वृक्षारोपण अभियान सुरु भएको हो ।

सो अवसरमा चिउरी, कदम, टाँकी, कोईरालो, म्यागो स्टिट लगायतका ८ सय विरुवा वृक्षारोपण गरिएको लायन्स क्लब अफ रत्ननगर चित्रसेन बाबाका अध्यक्ष बाबुराम पौडेलले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्बल अफ चितवन सौराहाका अध्यक्ष विक्रम चौधरी ,लायन्स क्लब अफ चितवन कम्यूनिटी हेल्पका अध्यक्ष दिपेन्द्र खरेल, लायन्स क्लब अफ सौराहा वाईल्ड लाईफ सिटीका अध्यक्ष कपिल रेग्मी र लायन्स क्लब अफ चितवन ढाकाटोपीका अध्यक्ष रामेश्वर रिजाल र लियो क्लब अफ चितवन सौराहाकी एञ्जीला चापागाई लगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *