नेपाली सेनाद्वारा पहिराबाट विस्थापितलाई अस्थायी आवास हस्तान्तरण

डिसी नेपाल
२४ साउन २०७८ २१:३३

सिन्धुपाल्चोक । गत वर्ष आएको लिदी पहिराबाट विस्थापितहरुलाई नेपाली सेनाले अस्थायी भवन बनाएर हस्तान्तरण गरेको छ ।

जुगल गाउँपालिका—१ लिदीमा गत वर्ष साउन ३० गते गएको पहिराबाट विस्थापित दुई सय नौ परिवारमध्ये ३१ घरपरिवारलाई आइतबार सेनाले अस्थायी आवास हस्तान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए। श्री नम्बर २६ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा अस्थायी आवास हस्तान्तरण गरेको हो ।

सेनाले ३१ अस्थायी आवास भवन, सात शौचालय, एक बाथरुम, एक क्यान्टिन र एक हेल्थ पोष्टको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको बताइएको छ । हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जुगल गाउँपालिकाका अध्यक्ष, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिलगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । गत वर्ष लिदी बस्तीमा पहिरामा परी ३९ जनाले ज्यान गुमाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *