एचआईडिसीएलको हकप्रदमा आवेदन दिने म्याद थप, भदाै ८ सम्म आवेदन दिन मिल्ने
काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने समय १५ दिन थप भएको छ। कोरोना महामारीको कारण देखाउँदै बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले हकप्रद भर्ने म्याद १५ दिन थप गरिएको जनाएको हो।
कोरोनाको कारण उत्पन्न भएको असहज परुस्थिति र हालसम्म परेको आवेदनलाई मध्यनजर गर्दै आवेदन दिने समय थप गरिएको कम्पनीले जनाएको छ। म्याद थप गरिएसंगै अब कम्पनीको हकप्रदमा अब भदौ ८ गते मंगलबारसम्म आवेदन दिन सकिने छ।
कम्पनीले साउन ५ गतेदेखि हकप्रद निष्काशन गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेकाले जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment