प्रतिरक्षात्मक सीप प्रशिक्षण कार्यक्रम सम्पन्न

डिसी नेपाल
२५ साउन २०७८ २०:४२

काठमाडौं । ललितपुरका प्रहरी कर्मचारीहरुलाई विषम परिस्थितिमा अपनाउनु पर्ने प्रतिरक्षा सम्बन्धी तालिम दिइएको छ । डिउटी परिचालन हुँदा अपनाउनु पर्ने प्रतिरक्षात्मक सीप प्रदान गर्ने उद्देश्यले ललितपुर प्रहरी परिसर अन्र्तगत कार्यरत ४९ जना प्रशिक्षार्थीहरुलाई सो तालिम दिइएको हो ।

उनीहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौबाट एक महिनाको तालिम दिइएको परिसरका प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन । उनीहरुलाई असार २४ देखि साउन २५ सम्म सो तालिम दिइएको थियो ।

प्रहरी कर्मचारीहरुलाई नियमित प्रहरी कार्य सम्पादन गर्दा अपनाउनु पर्ने व्यक्तिगत प्रतिरक्षा सम्वन्धि अभ्यास, लक लगाउने विधी बारे अभ्यास, पक्राउ पर्ने व्यक्ति तथा स्थानको तलासी लिने तरिका र अपनाउनु पर्ने सुरक्षा विधि सम्बन्धी सैद्धान्तिक र व्यवहारिक विषयमा प्रशिक्षण दिइएको थियो । ‘यो तालिमबाट प्रशिक्षार्थीहरुलाई कार्यसम्पादनमा खटिदा सहज हुने अपेक्षा गरिएको छ’, तालिम समापन गर्दै एसएसपी बज्राचार्यले भनिन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *