पर्यटन श्रमिकहरुद्वारा ‘पुनः सुरु गराैं पर्यटन’ अभियान

फुर्पा शेर्पा
३१ साउन २०७८ ११:२९

काठमाडौं। नेपालका पर्यटन क्षेत्रमा क्रियासिल विभिन्न श्रमिक संगठनहरु छन्। त्यसमध्येका एकमात्र गैर राजनितिक पर्यटन श्रमिक संगठन नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ निटोग रहेको छ।

निटोगले पुनःसुरु गराैं पर्यटन भने अभियान चलाउन सुरु गरेको हो। अभियान २०७८ श्रावण ३० गते काठमाडौंबाट उत्तर तर्फ रहेको शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज भित्र पर्ने एक दिने पदयात्रा मार्ग गरेको हो।

कोभिड–१९ का कारण लामो समयदेखि पर्यटन उद्योग ठप्प रहेको छ। जसका कारण पर्यटन श्रमिकहरुको जनजीवन अस्तव्यस्त अवस्थामा छ। ठप्प रहेको पर्यटन उद्योगलाई पुनःसुरु गरी श्रमिकहरुको जनजीवीकामा सहजता ल्याउनु यस अभियानको मुख्य लक्ष रहेको निटोगका अध्यक्ष राम काजी प्रयासले बताए।

निटोग टिमले बिहान ८ बजे बुढानिलकण्ठको मुहानपोखरीबाट अभियान सुरु गरिएको थियो। अभियान नागीगुम्बा, बागमती नदीको मुहान बागद्धार, समुद्र सतहबाट २ हजार ७ सय ३२ मिटर अग्लो शिवपुरी डाँडामा पुगेर कामधेनु गाई ढुंगा हुदै पुनःमुहान पोखरी फर्किएको थियो।

‘पुनःसुरु गरौं पर्यटन’ अभियान कर्ता निटोगले शिवपुरीमा ‘डन्ट किल टुरिजम एण्ड वर्कस, वी वान्ट टु लिभ, वि वान्ट टु वर्क फर लिभिङ, रेस्पेक्ट आवर स्किल एण्ड, नलेज नो मोर क्वारेनटाईन, रिजुम टुरिजम रिजुम आवोर लिभिङ’ जस्ता नारा सहितको पोस्टरहरु प्रदर्शन गरेका हुन्।

निटोगका अध्यक्ष प्रयासले भने- हामी कहाँ वनजंगल पसेको होला भने तपाइहरुले सोज्नु हुन्छ होला हामी त आफ्नो कार्यथलोमा आएका हौं, तपाईंहरुलाई लाग्न सक्छ यो वनजंगल हो तर हर पदयात्रा मार्गहरु त आम पर्यटन श्रमिकहरुको कार्यथलो हो।’

उनले आम पर्यटन श्रमिकहश्रको जनजिवीका चलेको हुन्छ। सधै हामीलाई कार्यथलोको टुंगो छैन, मन्त्रालय, विभाग वा पर्यटन बोर्ड अगाडि आएका छन, कराएका छन भन्ने आरोप लाग्ने गरेको छ। अब त्यो भ्रम चिर्न हामीले आफ्नो कार्यथलो देखाउनको लागि कार्यथलोबाटै आन्दोलन सहितको अभियान थालेका हौं। पहिले पनि हामी पर्यटन मन्त्रालय, विभाग वा पर्यटन बोर्डमा पुगेकै हौ, फेरि पनि यसलाई निरन्तरता दिँदै पर्यटन मन्त्रालय, विभाग वा पर्यटन बोर्डमा पुग्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *