प्रदेश दुईका प्रदेश प्रमुख झा बर्खास्त, मिश्रलाई नियुक्ती गर्न सिफारिस

डिसी नेपाल
३२ साउन २०७८ १३:५०
1.3k
Shares

काठमाडौं। सरकारले दुई नम्बर प्रदेशको प्रदेश प्रमुख डा. राजेश अहिराजलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा. झालाई पदमुक्त गर्दै कांग्रेस नेता हरिशंकर मिश्रलाई नियुक्ती गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

केपी ओली नेतृत्वको सरकारले डा. झालाई फागुन ७, २०७७ मा दुई नम्बर प्रदेश प्रमुखमा नियुक्ती गरेको थियो। डा. झाले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको फोटो राखेर चर्चामा आएका थिए।

मन्त्रिपरिषद बैठकले झाको ठाउँमा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई नियुक्ती गर्न सिफारिस गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए। मिश्र कांग्रेसका पुराना नेता रामानारयण मिश्रका छोरा हुन्।

मिश्र यसअघि २०४८ सालका सांसद हुन् भने उनी कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत हुन्। उनका बुबा रामनारायण मिश्र २०१५ सालमा विपी कोइराला नेतृत्वको सरकारमा मन्त्री थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *