संसद भवन निर्माणमा संलग्न मजदुरलाई खोप

डिसी नेपाल
१ भदौ २०७८ १९:४४

काठमाडौं । संघीय संसदको नयाँ भवन निर्माणमा संलग्न मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।

भवन निर्माणमा संलग्न मजदुर, व्यवस्थापन एवं निर्माण आबद्ध प्राविधिक सहित ५ सय ४६ जनालाई आज निर्माणस्थल नजिकै केन्द्र खडा गरेर अस्ट्राजेनेका खोप लगाइएको संघीय संसद सचिवालयका चिकित्सक डा. पुष्प रिजालले जानकारी दिए ।

सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधिन संसद भवनको गत साउन २६ गते सभामुख अग्निप्रसाद सापकोटाले अवलोकन गरेका थिए । त्यस क्रममा निर्माण पक्षले काममा संलग्न मजदुरलाई खोप लगाउने व्यबस्थाका लागि पहल गरिदिन सभामुख समक्ष आग्रह गरेको थियो । मजदुरका लागि खोपको व्यवस्था भए ढुक्क भएर निर्माणमा लाग्न सकिने निर्माण पक्षको आग्रह पछि सभामुख सापकोटाले खोपका लागि पहल गर्ने बताएका थिए ।

खोपका लागि समन्वय गर्न सभामुखको निर्देशन आएपछि स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर मजदुरलाई खोप लगाइएको डा. रिजालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *