रेडियो क्यान्डिड आजदेखि शुरु

डिसी नेपाल
१ भदौ २०७८ २१:१६

काठमाडौं । पेभिलियन मिडिया ग्रुपले नयाँ एफएम रेडियो आजदेखि प्रसारणमा ल्याएको छ । क्यान्डिड रेडियो नाम दिइएको सो रेडियो ९२ दशमलव ७ मेघाहर्जमा सुन्न सकिने व्यबस्थापनले जनाएको छ ।

हाललाई काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा सुन्न सकिने यो रेडियोको प्रसारण आजदेखि शुरु भएको हो । यसले समाचार, मनोरन्जन, समसामयिक राष्टिय अन्तर्राष्टिय सन्दर्भहरुमा कुराकानीजस्ता विषयहरुलाई प्राथमिकतामा राखेको व्यबस्थापनले जनाएको छ । विहान ६ बजे, १० बजे,दिउंसो १ बजे र ४ बजे तथा सांझ ७ बजे र राति ९ बजे विशेष समाचार बुलेटिनहरु प्रसारण गरिने र हरेक घण्टा संक्षिप्त समाचार बुलेटिन प्रसारण गर्ने बताइएको छ ।

रेडियोको शुरुवात गर्दै सो मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले सबैको सहयोगको अपेक्षा गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *