प्रदेश प्रमुख मिश्रले कार्यकक्षबाट पृथ्वीनारायण शाहको फोटो हटाएपछि आलोचना
तस्वीर कमल थापाकाे ट्वीटरबाट।
काठमाडौं। प्रदेश दुईका नवनियुक्ती प्रदेश प्रमुखले आफ्नो कार्यकक्षबाट पृथ्वीनारायण शाहको फोटो हटाएपछि विरोध भएको छ। यसअघिका प्रदेश प्रमुख डा. राजेश झा अहिराजले आफ्नो कार्यकक्षमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको फोटो राखेका थिए।
सरकारले डा. झालाई पदमुक्त गरी हरिशंकर मिश्रलाई नियुक्त गरेको थियो। मिश्रले कार्यभार सम्हाले लगत्तै आफ्नो कार्यकक्षबाट पृथ्वीनारायण शाहको फोटो हटाउन लगाएका थिए।
सो कार्यको राप्रपा अध्यक्ष कमल थापाले विरोध जनाएका छन्। उनले नेपाल राष्ट्रका निर्माताको सम्मान गर्न नसक्ने वा नचाहने हिन मानसिकता बोक्नेहरुले देशको स्वाभिमान, सार्वभौमिकता र एकता बलियो बनाउन नसक्ने बताएका छन्।
‘जसले नेपाली नाम र पहिचान दियो,जसको कारण आज पद प्रतिष्ठा पाएका छन्,त्यो महान व्यक्तित्व प्रति गर्व गर्न नसक्नेहरू कायर आत्मसमर्पणवादी हुन्,’ उनले भनेका छन्।
नेपाल राष्ट्रका निर्माताको सम्माान गर्न नसक्ने वा नचाहने हिन मानसिकता बोक्नेहरूले देशको स्वाभिमान,सार्वभौमिकता र एकता बलियो बनाउन सक्दैनन्।जसले नेपाली नाम र पहिचान दियो,जसको कारण आज पद प्रतिष्ठा पाएका छन्,त्यो महान व्यक्तित्व प्रति गर्व गर्न नसक्नेहरू कायर आत्मसमर्पणवादी हुन् pic.twitter.com/VN5Ud9sikH
— Kamal Thapa (@KTnepal) August 19, 2021
No ads found for this position

डिसी नेपाल
Facebook Comment