प्रदेश नं १ मा ८१३ जनामा कोरोना सङ्क्रमण

डिसी नेपाल
३ भदौ २०७८ २२:५२
48
Shares

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ७८६ जनामा कोरोना पुष्टि भएको छ । सो अवधिमा एक हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र एक हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा छ÷छ, सङ्खुवासभामा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । सोही अवधिमा प्रदेशमा आजै ५१६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २४६ महिला र २७० पुरुष छन् । पछिल्लो २४ घण्टामा दुई महिलासहित आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *