‘अलोफ्ट काठमाडौं ठमेल’ र टेडएक्स दरबारमार्गबीच सहकार्य गर्ने सम्भौता

डिसी नेपाल
५ भदौ २०७८ १३:०५

काठमाडाैं । ‘अलोफ्ट काठमाडौं ठमेल’ र टेडएक्स’ दरबारमार्गबीच सबै कार्यक्रमहरूमा सहकार्य गर्ने सम्झौता भएको छ। सोही सम्झौतामा अलोफ्टका महाप्रबन्धक विक्रम सिंह र टेड्का प्रबन्ध निर्देशक सुदीप रौनियारले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौतासँगै अब दुई संस्थाले सबै कार्यक्रमहरू सहकार्यमा गर्नेछन्। जसको शीर्षक प्रायोजक र आधिकारिक होटलको रूपमा मेरियट इन्टरनेशनल रहने अलोफ्टका महाप्रबन्धक सिंहले बताएका छन्।

टेडएक्स् एक गैरमुनाफा विचारहरुको प्रचारप्रसार (सामान्यतया छोटो र शक्तिशाली टकका लागि)को लागि समर्पित संस्था हो। यो एक सम्मेलनको रूपमा सुरू भएको थियो। जहाँ टेक्नोलोजी, मनोरन्जन र डिजाइन गर्दै आएको छ। जसले विज्ञानबाट बिजनेससम्म सयभन्दा बढी भाषाहरुमा विश्वका सबै विषय र मुद्दाहरुलाई समेटछ।

‘आइडिया वर्थ डुइङ’को नारा लिएको टेड्दरबारमार्ग नेपालको सबैभन्दा ठूलो स्वतन्त्र रूपमा संगठित टेड् कार्यक्रम हो। पछिल्लो साढे दुई वर्षमा ८ भन्दा बढी वार्ता र ३५ ईभेन्ट, जसमा एएल गोर, उरसला भाउनडर लेयन जस्ता ९० भन्दा बढी विश्वका शक्तिशाली वक्ताहरुले बोलेका छन्।

‘टेड् टक एक अन्तर्राष्ट्रिय संगठन हो, जसले मानिसहरुको विश्वव्यापी सम्बन्ध सुनिश्चित गर्दछ, जसमा उनीहरु आफ्नो भित्री विचार र जीवनका अनुभवहरुलाई साझा गर्न सक्छन्,’ ‘महाप्रबन्धक सिंहले भने, ‘हामी यस पहलको एक हिस्सा हुन पाउँदा गर्वको महशुस भएको छ।’

त्यस्तै, अलोफ्ट काठमाडौंले ठमेल टेड् परिवारसँग अझै बलियो सम्बन्ध निर्माण र विश्व समुदायमा एक प्रमुख सहभागीको रूपमा नेपाललाई बढावा दिनको लागि एक विश्वव्यापी मञ्चको रूपमा सेवा गर्नको गर्दै आएको छ। यसले व्यक्ति र वक्ताहरुलाई आफ्नो अनुभव र विचार बाड्न र समुदायसँग जोडिन सुरु गरिरहेको छ।

अलोफ्टका विश्वका २६ देशहरुमा १ सय ४० वटा होटल संचालनमा छन्। अलोफ्ट होटल एक अर्को पुस्ताको होटल हो जहाँ संगीत, डिजाइन र टेक्नोलोजीको उपयोग गरेर अनुभव बढाउदै अतिथिको गतिमा सँगै चल्ने गर्छ।

आधिकारिक होटलको रूपमा कामग गर्दै आएको इन्टर्नेसनल मेरियट होटल आतिथ्य उद्योगमा सबैभन्दा शक्तिशाली पोर्टफोलियो मध्ये एक हो। जसको ३० भन्दा बढि ब्रान्डहरु, १ हजार ३ सय भन्दा बढी क्षेत्रहरुमा, ७ हजार भन्दा बढि होटलले मानिसहरुलाई जोड्न, अनुभव र आफ्नो संसारलाई विस्तार गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *