आदेश मान्नु पर्दैन सिडियो सा’ब ? (हेर्नुहोस तस्वीरहरु)
चितवन । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारि प्रेम लाल लामिछाने निषेधाज्ञाकै बेला शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको जवानसँग जेरी कार्यक्रममा सहभागी भएका छन् ।

साउन ३१ गते उनी आफैँले हस्ताक्षर गरेर जारी गरेको आदेशमा संचालन गर्न नपाइने सेवा र कार्यमध्ये “भौतिक रुपमा उपस्थित भई हुने सबै प्रकारका सभा, सम्मलेन , प्रदर्शन ,भेला ,सेमिनार ,तालिम , जात्रा र महोत्सब संचालन” भनी उल्लेख छन्। सिडियोको आदेशमा “यी आदेशहरुको पालना नगरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने समेत जानकारी गराइएको भए पनि जिल्ला प्रमुख आफैले सो नियम तोडेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार आफ्नो फेसबुक पेजमा पोस्ट गरेको फोटोमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने सामाजिक दुरी नै कायम नगरी तीन जना एकै ठाउँमा सँगै सोफामा मस्त जेरी खादै गरेका देखिएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै यस्तो लेखेको छः


No ads found for this position


डिसी नेपाल
Facebook Comment