भुटानी अमेरिकनहरुले ओहायोमा मनाए जनैपूर्णिमा
ओहायो, अमेरिका। अमेरिकाको ओहायोमा स्थायी बसोवास गरिरहेका नेपाली भाषी भुटानी अमेरिकनहरुले शनिवार जनै पूर्णिमा तथा रक्षा बन्धन भव्यताका साथ मनाएका छन्।

ओहायोको रेनल्ड्सवर्ग नजिक रहेको एउटा खोलामा भेला भई झण्डै दुईसयभन्दा बढी नेपाली भाषी भुटानी अमेरिकनहरुले आफ्नो सांस्कृतिक पर्व सामुहिकरुपमा मनाएका हुन्।
रेनोल्ड्सवर्ग शहरका काउन्सिलम्यान भुवन प्याकुरेलले दिएको जानकारीअनुसार, शनिवार विहानको सो कार्यक्रम ओहायोस्थित लक्ष्मीनारायण मन्दिरको आयोजनामा सम्पन्न भएको हो।

सन् २०११ देखि लगातार नै सो मन्दिरको आयोजनामा सो समुदायका मानिसहरु नजिकको खोलामा भेला भई जनैपूर्णिमा मनाउने गर्दै आएका छन्।
यो कार्यक्रम गतबर्ष भने कोरोनाको महामारीका कारण सामुहिकरुपमा सम्पन्न हुन सकेको थिएन । यसपटक भने परम्परालाई निरन्तरता दिंदै मन्त्रोत्चारणसहित सामुहिक स्नान गरी जनै धारण गर्ने पर्व उत्साहका साथ मनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment