वैदेशिक रोजगार विभागको महानिर्देशकमा दिपक काफ्ले

डिसी नेपाल
१० भदौ २०७८ ६:२७
948
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको कार्यभार दिपक काफ्लेले समाल्ने भएका छन्। श्रोतका अनुसार केहि दिनदेखि रिक्त रहेको विभागको महानिर्देशकको कार्यभार आज(बिहीबार)देखि काफ्लेले समाल्ने भएका हुन्।

काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता हुन्। विभागका एक कर्मचारीका अनुसार काफ्लेले आज साढे १० बजेदेखि विभागको कार्यभार समाल्ने छन्।

दिनकै ठगीलगायतका उजुरीका चाङ लाग्ने ठाउँ विभागमा दुई–चार दिन महानिर्देशक नहुँदा कतिपय निर्णायक कार्यहरुमा असर परेको थियो। काम विशेषले विभागमा पुगेका कतिपय सर्वसाधारणसमेत महानिर्देशकको पद रिक्त रहेको थाहा पाएपछि आधाकारिक व्यक्ति आएपछि आउछु भन्दै फिर्ता हुने गर्थे।

यसअघि विभागको महानिर्देशकमा कृष्णप्रसाद दवाडी थिए। गत बैशाख ५ गतेदेखि विभागको नेतृत्व समालेका दवाडी उमेरहदका कारण यहि भदौं ५ गते विभागबाट विदा भइसकेका छन् । उनले विभागको नेतृत्व चार महिना मात्रै समालेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *