जन गायक जेबी टुहुरेकाे ७८ वर्षकाे उमेरमा निधन

डिसी नेपाल
१० भदौ २०७८ १३:४४
200
Shares

काठमाडौं । जनगायक जेबी टुहुरेको निधन भएको छ। बयोधा अस्पतालमा उपचारत उनको ७८ वर्षको उमेरमा विहिबार निधन भएको हो।

कलंकीस्थित घरमा पक्षघात भएपछि उनलाई भदौ १ गते अस्पताल पु¥याएका थिए। अस्पताल पुग्दा उनको मस्तिस्कमा रगत जमेर हातखुट्टा चल्न छोडेको अस्पतालले जनाएको छ।

उच्च रक्तचाप, मदुमेहलगायतका दीर्घरोगबाट पीडित भएका कारण उनको शल्यक्रिया हुन नसकेको अस्पतालको भनाइ छ। उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिडाँडामा राखिएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने बताइएको छ।

उनका ‘वीर छोराछोरी हो’, ‘आमा दिदी बहिनी’ लगायतका थुप्रै गीतहरुले क्रान्तिकारी सन्देश दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *