काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट
बीबीसी । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको पेन्टागनले पुष्टि गरेको छ।
पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएका हताहतीबारे स्पष्ट नभएको बताए। विस्फोटबारे थप विवरण प्राप्त हुनासाथ जानकारी गराइने उनले बताए।
हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको खबर आएको छ।
पश्चिमा मुलुकहरूले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत गराएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment