प्रदेश १ मा ४८४ मा सङ्क्रमण

डिसी नेपाल
११ भदौ २०७८ १९:४५

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६९ को पीसीआर परीक्षण गर्दा २९७ र ९४५ को एन्टिजेन परीक्षण गर्दा १८७ मा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार मोरङमा १२३ मध्ये विराटनगरमा ६३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा नौ, इलाममा छ, पाँचथरमा दुई, खोटाङ, उदयपुर र सङ्खुवासभामा एक एक र प्रदेश बाहिर तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ४९१ कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा २२६ महिला र २६५ पुरुष छन् । पछिल्लो २४ घण्टामा दुई महिलासहित छ जनाको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *