बाढी नियन्त्रणको दीर्घकालीन योजना बनाउन लोसपाको माग, पार्टी पंक्तिलाई उद्धारमा खटायो

डिसी नेपाल
१२ भदौ २०७८ १८:०५
72
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

केन्द्रीय कार्यालय बबरमहलमा शनिवार बसेको पार्टी बैठकले प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र क्षतिपूर्तिको कार्य प्रारम्भ गर्न र बाढी नियन्त्रणको स्थायी उपायको निम्ति दीर्घकालीन योजना कार्यान्वयन गर्न माग गरेको हो ।

बैठकपछि अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर तराई\मधेश लगायत देशका विभिन्न जिल्लामा अविरल वर्षाको कारण आएको भीषण बाढी र जलजमावले घर\बस्ती र कृषि पैदावारको व्यापक क्षति भएकोतर्फ ध्यानाकर्षण जनाएका छन् ।

ठाकुरले बाढीका कारण ज्यान गुमाएका परिवारहरुप्रति सम्वेदना र सहानुभूति प्रकट गर्दै पार्टी पंक्तिलाई पीडितहरुको उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *