काभ्रेको विद्यालय पुनःनिर्माणमा पौने–आठ अर्ब लगानी

डिसी नेपाल
१२ भदौ २०७८ २१:३१

काभ्रेपलाञ्चोक । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकका सामुदायिक विद्यालय पुनःनिर्माणमा करिब रु पौने आठ अर्ब खर्च भएको एक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा)ले भूकम्पपछिको छ वर्षको अवधिमा रु सात अर्ब ६६ करोड २० लाख खर्च भएको जनाएको छ ।

हालसम्म ३५१ विद्यालयका ४४९ भवन पुनःनिर्माण सम्पन्न भएको हो । जिल्ला कार्यान्वयन एकाइ ९शिक्षा०ले आर्थिक वर्ष २०७३÷७४ बाट औपचारिकरूपमा सामुदायिक विद्यालय पुनःनिर्माणको काम थालेको थियो । विद्यालय पुनःनिर्माणमा विद्यालय व्यवस्थापन समिति, सङ्घ–संस्था र निर्माण व्यवसायीमार्फत गरिएको एकाइले जनायो ।

नेपाल सरकार, भारतीय सरकार, एशियाली विकास बैंक ९एडिबी०को ऋण अनुदान, शिक्षा विकास समन्वय एकाइ, नेपालस्थित गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत जिल्लाका विद्यालयको पुनःनिर्माण भएको एकाइ प्रमुख देवकुमार बरालले जानकारी दिनुभयो । उहाँका अनुसार एकाइमार्फत रु एक अर्ब ३५ करोड १३ लाख, शिक्षा विकास समन्वय एकाइमार्फत रु १७ करोड ५० लाख ८० हजार, एडिबीको ऋण अनुदानमा नेपाल सरकारको आपत्कालीन परियोजनामार्फत निर्माण सम्पन्न विद्यालयलाई रु दुई अर्ब ७० करोड ४८ लाख ९३ हजार लगानी भएको छ ।

यस्तै सरकारको विपद् व्यवस्थापन परियोजनाअन्तर्गत एडिबीको ऋण अनुदानमा रु एक अर्ब ५१ करोड ३२ लाख ८८ हजार, भारत सरकारको रु ६० करोड ७० लाख ९९ हजार, गैससको रु एक अर्ब २३ करोड ६४ लाख ८३ हजार तथा सरकारी परियोजना विद्यालय प्रवलीकरणमा रु सात करोड ३७ लाख ७५ हजार लागेको जनाइएको छ । एकाइले धुलिखेलमा पत्रकार सम्मेलन गरी आव २०७७÷७८ अन्त्यसम्मको पुनःनिर्माण प्रगतिबारे जानकारी गराएको थियो ।

यसैबीच विद्यालय व्यवस्थापन समितिमार्फतका १८८ विद्यालयका २२९ भवन निर्माण सम्पन्न भइसकेका छन् भने २४ विद्यालयका ४१ भवन निर्माणाधीन अवस्थामा रहेको एकाइले जनाएको छ । सरकारको परियोजनामार्फतका २८ विद्यालयका ८२ भवन निर्माण सम्पन्न भएको छ । एडिबीको ऋणअन्तर्गत निर्माणका चरणमध्ये पहिलो १० विद्यालयको १३ भवन, दोस्रोको नौ विद्यालयका १३ भवन अन्तिम चरणमा छन् भने तेस्रो चरणका तीन विद्यालयका सात भवन बोलपत्र प्रक्रियामा रहेको जनाइएको छ ।

शिक्षा विकास समन्वयमार्फत ५९ विद्यालय भवनमध्ये ३३ सम्पन्न भएको छ भने छ निर्माणाधीन अवस्थामा रहेको एकाइले जनायो । भारतीय सरकारको सहयोगमा १२ विद्यालयका १८ भवन निर्माण सम्पन्न भइसकेको र अन्य दुईबाहेक १० विद्यालयको निर्माण अन्तिम चरणका रहेको एकाइ प्रमुख बरालले जानकारी दिनुभयो । उहाँका अनुसार गैरसरकारी संस्थाले जिम्मा लिएका ९७ विद्यालयका ९८ भवनमध्ये ९२ भवन बनेका छन् भने छ सुरु नै भएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *