बझाङमा पहिरोको बितण्डा, ठाउँठाउँमा पहिरो

डिसी नेपाल
१२ भदौ २०७८ २२:४६

बझाङ । लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिराले क्षति पु¥याएको छ । पहिरोका कारण केही परिवार विस्थापित भएका छन् । गए राति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको चार कोठे तीनतले घरको पछाडिबाट आएको पहिराले घरमा क्षति पुगेको छ ।

पहिराले घरको पर्खाल भत्काउँदा घरभित्र रहेका भाँडाकुँडा र अन्नमा क्षति पुगेको छ । धामीको परिवार विस्थापित भएर अर्को घरमा सरेका छन् । पहिरो आएको थाहा पाएपछि मानवीय र पशुचौपाया जोगाउन सकिएको धामीले बताए । यस्तै पहिराले केदारस्युँ गाउँपालिका–५ चौडेल्लीमा देवबहादुर गुधार्मीको घरमा पनि क्षति पु¥याएको छ ।

गुरुधार्मीको परिवार छिमेकीको घरमा बसिरहेको प्रहरीले जनाएको छ । सोही ठाउँकै करन धामीको घरको आँगन भत्किँदा घर जोखिममा परेको जनाइएको छ । चौडेल्लीकै नरुवा धामी, जयभान धामी, जसुवा धामीको घरमा पहिरो आएर सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *