तीज पर्व नजिकिँदै, कहिले खुल्छ पशुपतिनाथ मन्दिर ?

फुर्पा शेर्पा
१७ भदौ २०७८ १२:२३

काठमाडौँ। कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द रहेको पशुपतिनाथ मन्दिर यो पटक हरितालिका तीजनमा पनि नखुल्ने भएको छ। प्रशासनले कोरोना संक्रमणका कमी भन्दै काठमाडौं उपत्यकाको निषेघाज्ञा हटाएपछि पशुपतिनाथ मन्दिर भने तीज अगाडि नखुल्ने भएको हो। तीजनमा भीडभाड हुने भएकाले तीज अगाडि मन्दिर नखोलिने भएको हो।

पशुपति क्षेत्र विकास कोषका निर्देशक डा.घनश्याम खतिवडाले तीज पछि पशुपतिनाथ मन्दिर खोल्ने योजना रहेको बताए। विश्वभर फैलिएको कोरोना कहर र नयाँ भेरियन्टसहितको महामारीले गर्दा नेपाल सरकारले विभिन्न चरणमा लकडाउन र निशेधाज्ञा लगाउँदै आएको थियो। निशेधाज्ञा खकुलो बनाएपनि पशुपतिनाथ मन्दिर क्षेत्र अझै सुनसान छ।

पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. खतिवडाका अनुसार वैशाख १६ गते देखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो। ‘धेरै भीड बढ्ने भएकाले तीजमा पनि पशुपतिनाथ मन्दिर खोल्ने अवस्था देखिएको छैन,’ उनले भने, ‘तर अब तीज पछि भने मन्दिर खोल्नेबारे छलपहल भइरहेको छ।’ अवस्था अझै जटिल नै रहेको छ, दिन प्रति दिन कोरोना सक्रंमणको दर बढी रहेको छ व्यवस्थापनद्वारा मन्दिर खोल्ने बारे छलफल भएरहेको छ।’

बौद्ध, नारायणटार बस्र्दै आएकी बिना तामाङ हरेक वर्ष तीज मनाउँदै आएकी थिइन्। तर कोरोना महामारीले गएको वर्ष र यो वर्ष पनि त्यत्तिकै बित्ने भएकोले निरास छिन। ‘गत वर्ष हामी दिदी बहिनीहरु मिलेर घरमै तीज मनायौं। के गर्नु अहिले अवस्था नै यस्तै छ, दिन दिनै कोरोना संक्रमण बढी रहेको छ। हामी नागरिकहरु आफै सचेत हुनु पर्छ,’ उनले बताइन्। पशुपतिनाथ मन्दिरमै जानु पाएन भने पनि घरमै बसेर मनाउने योजनामा छिन्।

अहिलेको समय भनेको आफू पनि बाच्ने र आरुलाई पनि बचाउँनु हो। संक्रमणको दर फैलिउनु न दिनु सवै नागरिकको दायित्व समेत रहेको उनको तर्क छ।

तीजको लागि नयाँ सारी समेत तामाङले किनेर ठिक्क पारेकाे बताइन्। पहिला जस्तो पशुपतिनाथ मन्दिरमा गएर मनाउन नपाउने भएपछि उनी दिदी बहिनीहरुसँगै यस वर्ष घरमै बसेर तीज मनाउने योजनामा छिन।

त्यस्तै, कपनका सपना थापा भने मन्दिरहरु बन्द गरेर कोरोना संक्रमण दर नघट्ने बताउँछिन। ‘हामी महिलाहरुको महान पर्व तीज हो, पशुपतिनाथमा गएर दर्शन गर्न पाउनु हाम्रो अधिकारको विषय पनि हो,’ उनी भन्छिन्।

‘जताततै खुल्ला छ, भिडभाड पनि त्यत्तिकै छ। तर मन्दिर भने बन्द रहेको छ। ‘यसरी मन्दिर बन्द गर्दा कसरी भगवान् खुसी हुन्छ? यो कस्तो दिन आयो होला–भगवानको पनि दर्शन गर्न नपाउने,’ उनले भनिन्।

गत वर्ष २०७६ चैतको पहिलो सातादेखि मङ्सिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो। पुस १ गतेदेखि बिहान ६ बजेदेखि मध्याह्रसम्म खुला गरिएको थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *