पिकअपको ठक्करबाट बालकको मृत्यु

डिसी नेपाल
१८ भदौ २०७८ १८:५९

झापा । पूर्वपश्चिम राममार्गको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला अगाडि आज बिहान पिकअप गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका–३ का लाहोरा कापरीको छोरा मानव कापरी रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थमै बालकको मृत्यु भएको थियो ।

सर्लाही घर भए पनि उनीहरू हाल रङ्गशाला अगाडि पाल टाँगेर बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले गाडीका चालक मकवानपुर हेटौँडा नगरपालिका–११ का २४ वर्षीय अजय पाख्रिनलाई नियन्त्रणमा लिएको छ । उनलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *