संखुवासभामा एमाले अध्यक्षसहित ३५ जनाले रोजे एकीकृत समाजवादी

डिसी नेपाल
१९ भदौ २०७८ १८:३३

संखुवासभा । नेकपा एमाले संखुवासभाका अध्यक्षसहित ३५ जना जिल्ला कमिटी सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले शनिबार जिल्ला समन्वय समितिको सहलमा आयोजित कार्यक्रममा एकीकृत समाजवादी रोज्ने घोषणा गरेका हुन् ।

नेकपा एमालेका २६ जना सचिवालय सदस्य मध्ये १५ जना समाजवादीमा खुलेका छन् । सचिवालय सदस्यहरू ऋषिकेशव चापागाईं, कृष्णकुमार तामाङ, मानसिं पोख्रेल, बद्री सापकोटा, सुमन शाक्य, केशरबहादुर महते, राजेन्द्र सुब्बा, योगराज गाँउले, डम्बर बहादुर श्रेष्ठ, केश कुमारी खत्री कार्कीले एकीकृत समाजवादी रोजेका हुन् ।

यस्तै डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गुरुङले एकिकृत समाजवादी रोजेको समाजवादी संखुवासभाका नेता हेमराज घिमिरेले बताए ।

त्यसैगरी जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकी उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिकी उपप्रमुख मुना श्रेष्ठलगायत वडा अध्यक्ष तथा सदस्यहरूले एकीकृत समाजवादीमा सनाखत गर्ने जनाएका छन् ।

माधवकुमार नेपाल पक्षमा रहेका जिल्ला कमिटी उपाध्यक्ष भीम लिङ्खा भने अहिल कतै खुलेका छैनन् । एमाले पूर्वअध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेशकुमार डाँगी पनि एकीकृत समाजबादीमा लागेका छन् । प्रदेश सभा सदस्य सरीता थापा, पदमकुमारी गुरुङले समाजवादी पार्टीमा सनाखत गरिसकेका छन् ।

एकीकृत समाजवादीको जिल्ला कमिटी बैठक तीन दिनसम्म चल्ने बताइएको छ । बैठकले आगामी रणनीति तयार गर्ने एकीकृत समाजवादी संखुवासभाले जनाएको छ । ५८ जिल्ला कमिटी सदस्य मध्ये उपाध्यक्ष वाङ्दावी भोटे, सचिव खड्ग राईसहित २३ जिल्ला कमिटी सदस्य भने एमालेमै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *