ब्रम्हलुट गर्ने ब्यबस्था टिक्दैन, धर्मनिरपेक्षता र संघीयता खारेज गरौ: कमल थापा

डिसी नेपाल
२० भदौ २०७८ ८:०४
252
Shares

मकवानपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले “शासन जनताको छोराछोरीले गर्ने,अभिभावकको रुपमा राजसंस्था रहने तथा धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन्।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेश “ख” पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए।

मुलुकमा ब्रम्हलुटको अबस्था रहेको ,महालेखा परिक्षकको प्रतिबेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्बाचन प्रणालीमा सुधार हुनुपर्ने टिप्पणी गरे। राजनीतिलाई भ्रष्टाचार तर्फ उन्मुख गराउने निर्बाचन प्रणालीले नेता, भ्रस्टाचारी, माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउने तर्फ सजग हुनुपर्ने बताए।

करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउने तर्फ केन्द्रित हुने भन्दै थापाले राजनितिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने तर्फ मतदाता सजग हुनुपर्ने बताए। दार्चुलाका जय सिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको भन्दै थापाले राष्ट्रियता सर्बोपरी बन्नुपर्नेमा जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी कार्यसम्पादन समिति सदस्य राजाराम बर्तौलाले सिद्धान्त ,नीति बिचार कमजोर बनाउने षड्यन्त्र प्रती कार्यकर्ता चनाखो हुनुपर्ने भन्दै भ्रमलाई चिरेर पार्टी र बिचार स्थापना गर्ने अभियानमा सक्रियतापुर्बक कृयाशिल हुन आग्रह गरे। कार्यक्रममा जिल्ला अध्यक्ष गुरु सापकोटा , खिल प्रसाद चौलागाईं, ज्ञानेन्द्र ढुङ्गेल,नरहरि सुवेदी, शान्ति बुलुन, बैकुण्ठ सुवेदी लगायतले बोलेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *