बाग्मती प्रदेशका १३ जना सांसदले रोजे एकीकृत समाजवादी
मकवानपुर । बाग्मती प्रदेशसभाबाट एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्ने प्रदेशसभाका सांसद १३ जना रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय बाग्मती प्रदेश हेटौँडामा पुगी सनाखत गर्नेमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र पाण्डे, कृष्णप्रसाद शर्मा खनाल, मुनु सिग्देल, प्रदेशसभाका सांसदहरू माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मीना नेपाल ज्ञवाली, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाइँ र पार्वती सिलवाल रहेका छन् ।
यस प्रदेशका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेको समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।
बाग्मती प्रदेशमा एमालेका ५६ जना सांसद् रहेकामा १३ जना एकीकृत समाजवादीमा गएपछि अब एमालेमा ४३ जना सांसद रहेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment