एमाले चोइटिएको हो फुटेको होइनः ओली

डिसी नेपाल
२२ भदौ २०७८ २२:०७
20
Shares

काठमाडौं । नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा आज पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताएका छन् ।

निरन्तर मुलुक र जनताको पक्षमा काम गर्दै आएको एमालेले आगामी निर्वाचनमा एक्लै लडेर स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गर्दै उहाँले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई अघि बढाउन भ्रम र अलमलमा नपर्न कार्यकर्तालाई अनुरोध गरे ।

पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आन्तरिक सङ्घर्ष पार्टी फुटाउनका लागि नभई सुदृढीकरणका लागि हुने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई सङ्गठित भएर पार्टी निर्माणमा जुटन आग्रह गरे।

कास्की जिल्ला कमिटीका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दामोदर बैरागीलगायतले पार्टीको गतिविधिमाथि प्रकाश पारेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *