असोज पहिलो सातादेखि दसैँको अग्रिम टिकट बुकिङ खुल्ने

डिसी नेपाल
२४ भदौ २०७८ १६:४८
28
Shares

काठमाण्डौं । दसैँमा घर फर्कने यात्रुहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी महासंघ र अन्य यातायात व्यवसायीहरूको बुधबार बसेको बैठकले दसैँलाई मध्यनजर गर्दै छिट्टै टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले असोजको पहिलो सातादेखि नै बुकिङ खुला गर्ने गरी व्यवसायीहरूसँग छलफल भएको जानकारी दिए। उनले भने, ‘यस वर्ष अलि छिटो टिकट बुकिङ खुला गर्ने सल्लाह भएको छ। असोजको पहिलो सातादेखि नै बुकिङ खुला गर्ने हाम्रो योजना छ।’ उनले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यात्रु र सवारीसाधनलाई कोभिड स्वास्थ्य मापदण्ड तोकिने बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *