एमसीसी प्रतिनिधिलाई प्रचण्डले भने दलहरुबीच सहमति गरेर अगाडि बड्न सकिन्छ

डिसी नेपाल
२५ भदौ २०७८ १०:४६

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलबीच शुक्रबार दहाल निवास खुमालटार भेटवार्ता भएको छ।

प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएका छन्। दहाल सचिवालयका अनुसार,‘उहाँले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताउनुभयो।

सचिवालयका अनुसार,भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबावका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताएका छन्। यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने अधिकार भएकाले सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको सुमारले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *